कक्षा १२ को परीक्षा जेठमा हुने, मिति तोकियो

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो।

अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ। गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो। ‘बोर्ड बैठकले जेठ १६ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा विद्यालयले बनाएको तालिकाले विद्यार्थीलाई थप आकर्षित बनाएको छ । बागलुङ नगरपालिका–८ को बौंडेचउर माविको कक्षा ४ मा अध्ययनरत काजल काउचाले अभिभावकलाई समेत आजको खाजा के हुन्छ भन्ने जानकारी गराएर विद्यालय जानुहुन्छ । काठेखोला गाउँपालिका–७ को रेशगाउँबाट आउँदा डेढ घण्टा बाटो हिँडेर विद्यालय पुग्ने काउचालाई खाजाले विद्यालय जाऔँ जाऔँ बनाउने गरेको छ ।

बिहान ८ बजे नै खाना खाएर आउने काजल दिउँसै भोकाउनुहुन्छ । दिउँसोको खाजा खाने खर्च नहँुदा दिउँसो १ बजे नै घर फर्किने गर्नुभएकी काजल आजभोलि साँझ ५ बजे मात्रै घर पुग्नुहुन्छ । कारण विद्यालयमा नै उहाँको रुचिअनुसारकै खाजा खान पाइन्छ । सबै समय पढेर घर फर्किंदा पनि उहाँले भोकाउनु पर्दैन । यसअघि उहाँको पढाइ राम्रो चलेको थिएन । उहाँ मात्र हैन कक्षा ५ मा पढ्ने बिराज परियारको समस्या पनि उस्तै हो । पैसा तिरेर खाजा खाने क्षमता नभएपछि भोकभोकै पढ्न बाध्य हुनुहुन्थ्यो । भोकभोकै पढ्न नसक्दा धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने समस्या थियो ।

यो समस्या चालु शैक्षिक वर्षदेखि घटेको छ । शिक्षा मन्त्रालयले पोषण भत्तास्वरुप मासिक रु ४५० दिन थालेको छ । उक्त पैसाबाट अभिभावकलाई अन्न वा खाजाका लागि चाहिने सामग्री खरिद गरेर दिइन्छ । त्यसपछि बालबालिकाले घरमै खाजा बनाएर ल्याउने गरेका छन् । दिउँसो खाजा खाएर उनीहरु विद्यालय समयभर बस्न थालेको प्रधानाध्यापक दीनानाथ गौतमले बताउनुभयो । ‘यहाँ अधिकांश समय चिसो हुन्छ, त्यसमाथि बिहानै ८ बजे खाना आएर हिँडेका बालबालिका दिउँसै भोकाउँछन्, त्यसैले उनीहरुलाई खाजा चाहिएको थियो”, उहाँले भन्नुभयो, “यस्तो खाजाको व्यवस्था गरेपछि मात्रै सातौँ पिरियडसम्म बालबालिका बस्न थालेका छन् ।” विद्यालयले साताको ६ दिनसम्म कुन बार कुन खाजा खाने भन्ने क्यालेन्डरसमेत बनाएको उहाँले बताउनुभयो ।

यसरी खाजाको पात्रो बनाउँदा एकरुपता भएको शिक्षक रुद्रप्रसाद जोशीले बताउनुभयो । “कसैले मीठो, कसैको नमीठो भन्ने पनि भएन, एकै प्रकारको खाजा आएपछि सबैले रमाएर खान्छन्,” उहाँले भन्नुभयो, “अहिले बालबालिका नियमित गर्न पनि सजिलो भएको छ ।” अभिभावकलाई

यसरी खाजाको पात्रो बनाउँदा एकरुपता भएको शिक्षक रुद्रप्रसाद जोशीले बताउनुभयो । “कसैले मीठो, कसैको नमीठो भन्ने पनि भएन, एकै प्रकारको खाजा आएपछि सबैले रमाएर खान्छन्,” उहाँले भन्नुभयो, “अहिले बालबालिका नियमित गर्न पनि सजिलो भएको छ ।” अभिभावकलाई नगद दिँदा खर्च गरेर सक्ने भएकाले विद्यालयले खाजाको सामान खरिद गरेर बाँडेर दिने गरेको हो । यो पद्धतिले अभिभावकले जथाभावी खर्च गर्न पनि नपाएको उहाँले अनुभव सुनाउनुभयो ।

विद्यालयले सबै बालबालिकाको घरमा आइतबारदेखि शुक्रबारसम्म खाने खाजाको पात्रो बाँडेको छ । आइतबार तरकारी र अण्डा, सोमबार हलुवा, मङ्गलबार रोटी र तरकारीको खाजा व्यवस्था भएको हो । त्यस्तै बुधबार मकै र भटमास, बिहीबार चना तथा शुक्रबार रोटीतरकारी खाजा खुवाउने गरिएको हो । दिउँसो १ः३० देखि २ बजेको समय खाजाको ेबढी तोकिएको गौतमले बताउनुभयो । यो समय बालबालिकाहरु मिलेर खाजा खाने गरेका छन् । खाजाले बालबालिकालाई मिलेर खाने बानीको समेत विकास गरेको उहाँले बताउनुभयो । केही समयअघि स्थानीय होमस्टेलाई खाजा बनाउने जिम्मा दिइएको थियो । तर कोरोना सङ्क्रमणका कारण हरेकले आफ्नै घरबाट खाजा बनाएर ल्याउने नियम चलेको हो ।