‘दोस्रो लिगलिगे साइकल दौड’मा राना प्रथम

‘दोस्रो लिगलिगे साइकल दौड’को उपाधि एपिएफका सुरज रानाले जितेका छन् । ५३.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २५ मिनेट ४८ सेकेन्डमा पार गर्दै राना साइकल दौड प्रतियोगितामा प्रथम भएका छन् । दुई घण्टा २५ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रकाश थापा मगर दोस्रो बने । साईकल दौडमा लक्ष्मण मल्ल तेस्रो बनेका छन् उनले दुई घण्टा २५ मिनेट ५१ सेकेन्डमा निर्धारित दुरि पार गरे । उनी पहिलो लिगलिगे साईकल दौडमा प्रथम भएका थिए । खुला साइकल दौडमा ६ महिला र ४८ पुरुषले भाग लिएका थिए ।

त्यस्तै महिलातर्फ उषा खनाल प्रथम बनिन् । उनले निर्धारित ५३.९ किलोमिटर दूरी दुई घण्टा ५५ मिनेट ५८ सेकेन्डमा पार गरिन् । त्यस्तै तीन घण्टा ११ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै मञ्जु कुमारी खड्का दोस्रो बनिन् भने । ३ घन्टा १७ मिनेट ४५ सेकेन्डमा यात्रा पार गर्दै इन्द्रकला नेम्वाङ तृतिय भएकी छिन् ।

खुला साइकल दौड प्रतियोगीतामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई नगद १५ हजारले पुरस्कृत गरिएको छ । प्रतियोगीतामा सहभागी महिला साइकल यात्रीलाई पनि सोही अनुसारको पुरस्कारको व्यवस्था गरिएको छ ।

लिगलिगकोटबाट सुरु भएको साइकल दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–आँपपिपल अस्पताल–बनटार– भण्डारथोक–चेपेपुल–गरमबेंसी–चेपेघाट दोभान–हवाइग्राउन्ड–तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइँटेल–वटडाडाँ–बोहोरागाउँ–बिजुली डाँडा–खोल्ली हुँदै पुन लिगलिगकोटमा आएर टुंगिएको थियो ।(सुनौलो पत्रीका)