युरिक एसिड यसरी बढ्छ र जोर्नी किन दुख्छ ? सम्पूर्ण कुरा थाहा पाउनुहोस्

काठमाडौं। जाडो याम सकिए पनि गर्मी खासै बढेको छैन। चिसो मौसममा हाड जोर्नी दुख्छ, खासगरी प्रौड उमेरका व्यक्तिलाई। युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो।

यद्यपि सामान्य दिनमा पनि यस्तै समस्या बल्झिरहन्छ भने शकां गर्नुपर्छ, युरिक एसिडको। बेलाबखत हाड जोर्नी दुख्नु सामान्य हो। बढी शारीरिक श्रम गरेको बेला पनि यस्तो समस्या हुन्छ। तर, सामान्य अवस्थामा हाड जोर्नी दुख्ने समस्या ज्यूँको त्यूँ रहन्छ भने यसको उचित उपचार खोज्नैपर्छ।

किन हुन्छ युरिक एसिड ?

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ। सामान्यतः ३ देखि ७ मिलिग्राम अर्थात् डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ। जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ।

यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढी औँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ। राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ। यसका साथै युरिक एसिड लागेमा कुर्कुच्चा, घुँडा, औँला र कुहिनो अकस्मात् दुख्ने गर्छ। यस्तो समस्या जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ।

शरीरभित्रको युरिक एसिड पगाल्ने इन्जायमको कमीका कारण संक्रमण भई ७० प्रतिशतलाई यस्तो समस्या हुने गर्छ। कतिपयमा खानामा प्रोटिन बढी भएर वा वंशाणुगत कारणले पनि लाग्ने गर्छ। युरिक एसिडको लक्षण देखिएमा रगतमा युरिक एसिडको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ। यद्यपि, लक्षणबारे थाहा नभएमा नियमित रगत जाँच गर्दा राम्रो हुन्छ।

दुखेको अवस्थामा सुन्निने समस्या भएमा जथाभावी रूपमा पेनकिलर प्रयोग गर्नु हुँदैन। यस्ता औषधिको प्रयोग गर्दा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ। यस्ता औषधि सामान्यतया सातदेखि १० दिनसम्म प्रयोग गर्दा हुन्छ।

युरिक एसिडको मात्रा अत्यधिक बढी भएमा, युरिक एसिडका कणहरू मासु तथा जोर्नीमा जम्मा भएको अवस्थामा यस्तो समस्या घटाउन चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ। सामान्यतया यस्तो औषधि ३ देखि ६ महिनासम्म सेवन गर्नुपर्छ। युरिक एसिडबाट ग्रसित व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ। किनकि, पानीले युरिक एसिडलाई पिसाबका माध्यमबाट हटाउने काम गर्छ।

कसरी हुन्छ ?

यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ। जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ। सामान्यत युरिक एसिड शरीरको कोशिका तथा हामीले खानेकुराबाट बन्छ।

त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ। तर कुनै कारणवश मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ। जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ।

एक स्वस्थ महिलाको शरीरमा युरिक एसिडको स्तर २.४–६.० मिलीग्राम प्रति डेसीलिटर भएमा यसलाई सामान्य मानिन्छ। त्यस्तै, पुरुषमा युरिक एसिडको स्तर ३.४ देखि

के हो युरिक एसिड ?

युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ। यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ, यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ। तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ। युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ।

युरिक एसिड बढ्ने कारण

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ। त्यसमध्ये वंशानुगत कारणदेखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले असर पर्न सक्दछ।

मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नुपर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता नअपनाएका खण्डमा युरिक एसिडको स्तर बढेर त्यसबाट हुनसक्ने स्वास्थ्यका लागि सबै नकारात्मक प्रभाव ब्यहोर्नुपर्ने अनिवार्य हुन्छ।

विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन्। पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु। दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनुपर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु।

तेस्रो, मिश्रित कारण भनेको भोजनमा युरिक एसिड बन्ने कुरोको औधी सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु हो। यी कारणहरुले नै मानिसको शरीरमा युरिक एसिडको मात्र बढ्न जाने अध्ययनले देखाएको छ।

कस्ता व्यक्तिलाई हुन्छ समस्या ?

शरीरको प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई युरिक एसिडको सम्भावना उच्च हुन्छ। त्यस्तै, खानामा प्रोटिनको कमी भएमा पनि युरिक एसिडको समस्या निम्तिन सक्छ। यसको जोखिम कम गर्न समयमा खाने तथा सन्तुलित आहार खानुपर्छ।

यसका लक्षणहरु

खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु, जोर्नी राति बढी दुख्नु, दुखाइ सहनै नसक्ने हुनु, लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु, ज्वरो आउनु, आदि यसका मूख्य लक्षणहरु हुन्।

किन हुन्छ समस्या ?

तनाव, अत्याधिक मात्रामा मदिराको सेवन, लामो समयसम्म भोकै रहने, व्यायामको कमी, शरीरमा पानीको कमीले पनि यो समस्या निम्तिने गर्छ। त्यस्तै, रेड मिट, सी फुड, गेडागुडीको सेवन तथा विशेष प्रकारका केही औषधीको सेवनले पनि युरिक एसिडको समस्या निम्तिने गर्छ। त्यसैले, खानामा के खाने, के नखाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ। खानामा विशेष सजगता अपनाएर पनि युरिक एसिडको समस्या हुनबाट बच्न सकिन्छ।

बढ्ने नदिने घरेलु विधि

करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौं। अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौं। अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाँच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चियाझैं उमालौं र छानौं।

अब अन्दाजी ५–६ गिलास सहितको यो औषधी तयार भयो। यसलाई १४ दिनसम्म लगातार पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ। त्यतिमात्र होइन, १४ दिनपश्चात् जब तपाईको

बढ्ने नदिने घरेलु विधि

करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौं। अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौं। अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाँच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चियाझैं उमालौं र छानौं।

अब अन्दाजी ५–६ गिलास सहितको यो औषधी तयार भयो। यसलाई १४ दिनसम्म लगातार पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ। त्यतिमात्र होइन, १४ दिनपश्चात् जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या हटेर जान्छ।

के खाने, के नखाने ?

यस्ता बिरामीले माछाहरु, प्राउन, लोवस्टर, जाँड, रक्सी, रातो मासु (खसी, राँगो), भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी) आदि खानेकुरा खानु हुँदैन। फलफूल, गाजर, काक्रो, चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी, हरियो सागपात (सिमी, बोडी बाहेक) प्रशस्त खानु राम्रो हुन्छ।

त्यस्तै दाल तथा गेडागुडीहरु, कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ, अण्डा, काजु, ओखर, पेस्ता, बदाम, दूध र दूधबाट बनेका परिकारहरु, सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु) लगायतका खानेकुरा थोरै र मिलाएर खाँदा खासै फरक पर्दैन।

यसबाट कसरी बच्ने ?

खाना पकाउँदा वटर वा भेजिटेबल आयलको सट्टा ओलिभ (जैतुन) को तेल प्रयोग गरेर पनि यो समस्याबाट बच्न सकिन्छ। किनकि जैतुनको तेलको प्रयोगले शरीरमा अतिरिक्त युरिक एसिड जम्मा हुँदैन। यो मुटुका लागि पनि लाभदायक मानिन्छ।

शरीरमा युरिक एसिडको मात्रालाई कम गनए दिनमा कम्तीमा पाँच सय ग्राम भिटामिन ‘सी’को सेवन गरेर पनि यो समस्याबाट बच्न सकिन्छ। नियमित रुपमा भिटामिन ‘सी’को सेवनले एक, दुई महिनामै यूरिक एसिडको स्तर कम हुन थाल्छ।

आर्थराइटिस र युुरिक एसिडको समस्या ज्वानोको प्रयोग प्रभावकारी मानिन्छ। ज्वानोमा एन्टीअक्सिडेन्ट तथा डाईयुरेटिक गुण हुन्छ, जसले दुखाई कम गन मद्दत गर्छ । यसमा एन्टीसेप्टिक गुण पनि हुने भएकोले यो समस्यामा ज्वानोको प्रयोग द्धारा प्राकृतिक उपचार गरिन्छ।

रातो मिला मिर्च, खुर्सानी, टमाटर, व्लुबेरी, ब्रोकाउली तथा अंगुर आदिमा एन्टीअक्सिडेन्ट भिटामिन भरपूर मात्रामा हुन्छ। एन्टीअक्सिडेन्ट भिटामिनले फ्रि रेडिकल्सलाई शरीरमा हमला गर्नबाट रोक्छ। जसले गर्दा शरीरमा युरिक एसिडको स्तर कम हुन पुग्छ।

स्याउको रसले रगतको पीएच लेभललाई बढाएर युरिक एसिडको स्तरलाई कम गर्न मद्दत गर्छ। तर त्यसको लागि प्रयोग गरिने स्याउको रस काचै र पानी नमिसाएकै हुनुपर्छ।

शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा बेकरी प्रोडक्ट तथा स्याचुरेटेडेड फ्याटले यसलाई झनै प्रभावित पार्दछ। त्यसैले, शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा केक, पेस्ट्री, कुकिज जस्ता स्याचुरेटेड तथा ट्रान्स फ्याटयुक्त खाद्य पदार्थ खानबाट बच्नु पर्छ। त्यस्तै, मदिराको सेवन गर्नबाट पनि बच्नुपर्छ।

कतिपय अवस्थामा डब्बामा राखिएको खानेकुराले पनि युरिक एसिडको समस्यालाइ प्रभावित पार्न सक्छ। त्यसैले, यस्ता खानेकुरालाई वर्जित गरेर पनि यो युरिक एसिडको समस्या जटिल हुनबाट बच्न सकिन्छ।

यसबाहेक, माछा तथा मासुको सेवन नगरेर पनि यो समस्याबाट बच्न सकिन्छ। किनकी रेड मिट तथा सारडिनेस, म्याकिरिल नामक माछामा प्रोटिनको मात्रा उच्च हुन्छ। र, यसको हल्कामात्र सेवनले पनि युरिक एसिड बढ्न सक्छ।

(ज्ञानविज्ञानबाट)

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.