यस्तो गर्नुस् हुनुहुन्छ लोकसेवाको अन्तर्वार्तामा सफल ?

काठमाडाैं । लाेकसेवामा पास भएर सरकारी जागीर खाने धेरै नेपालीकाे सपना हुन्छ । तर विडम्बना लाेकसेवामा नाम निकाल्न धेरै नेपालीका लागि फलामकाे चिउरा चपाउनु जस्तै भएकाे छ । कतिपय त लिखित परीक्षामा पास भएर पनि अन्तर्वार्तामा सफल हुन नसकेका थुप्रै घटनाहरु पाइन्छन् ।

 

लाेकसेवाकाे लिखित परीक्षामा नाम निकाले पछि पनि कतिपय व्यक्तिहरु अन्तर्वार्ताबाट फालिएका छन् । याे दुखकाे कुरा हाे। त्यति मेहनत गरेर लिखित पास गरेपछि पनि अन्तर्वार्तामा फालिनु भनेकाे नरमाइलाे कुरा हाे । त्यसकारण लाेकसेवाकाे तयारी गरिराख्नुभएकाे छ भने अन्तर्वार्ताका लागि पनि तयारी गर्नुपर्ने हुन्छ ।

अन्तर्वार्ताका लागि केही टिप्स्

– अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने।

– इक्वायल आई कन्ट्याक्ट गर्ने।

– शिष्टतापूर्वक जवाफ दिने।

– विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने।

– अवस्था र परिस्थितिअनुसार जवाफ दिने।

– प्रश्नलाई आफूले जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने।

– जानकारी भए पनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने।

– अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने।

– मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने।

– नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने।