एनआरएनए स्कटल्याण्ड राज्य परिषदद्वारा नेपाली राजदुतलाई स्वागत तथा स्थानीय जनचासोका विषय सम्वन्धि बिस्तृत छलफल।।।

एनआरएनए स्कटल्याण्डका प्रतिनिधिहरु अध्यक्ष काशीराम भन्डारी (श्रीमती मिरा देवी भण्डारी), उपाध्यक्ष उज्जल कार्कि, कोषाध्यक्ष शर्मीला ढकाल द्वारा यहि मार्च १५, २०२२ का दिन लन्डन स्थित नेपाली दूतावासमा एक विशेष भेट गरि नबनियुक्त बेलायतका लागि नेपाली राजदुत श्री ज्ञान चन्द्र आचार्यलाई स्वागत तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए। राजदुत आचार्यले यती टाढाबाट आएकोमा धन्यवाद प्रकट गर्नुका साथै सिमित स्रोतसाधनका बावजुत पनि बेलायतबासी आम नेपालीहरुको पहुच दूतावास सम्म पुर्याउने र हरेक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता गर्नु भयो।

स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष भन्डारीले स्कटल्याण्ड बासी नेपालीका समस्या र जनचासोका बारेमा कुरा राख्दा पुर्ब राजदुत लोकदर्शन रेग्मीले स्कटल्याण्डमा आबधिक घुम्तिसेवा दिने कुरा लाई निरन्तरता हुनु पर्ने कुरा भएको थियो। उक्त भेटघाट कार्यक्रममा उपनियोग प्रमुख श्रीमती रोसन खनालले नयाँ पासपोर्ट लगायत सो सम्बन्धीका अन्य कार्यमा आवश्यक पर्ने नयाँ प्रविधिले गर्दा अलि ढिला भएको तर यसै बर्षको मे २१ र २२ का दिन स्कटल्याण्डमा घुम्तिसेवा उपलब्ध गराउने कर्यक्रम रहेको जानकारी गराउनु भयो। उक्त भेटघाट कार्यक्रममा नियोग उप-प्रमुख श्री रामबाबु नेपालको पनि सहभागिता रहेको थियो। भेटघाटका क्रममा नियोग उप-प्रमुख नेपालले गत COB 26 विश्व सम्मेलनका बेला प्रधानमन्त्रीको स्कटल्याण्ड भ्रमण सफल बनाउन एनआरएनए स्कटल्याण्ड राज्य परिषद र ब्यक्तिगत रुपमा अध्यक्ष भन्डारीले गर्नु भएको सहयोग लाई उच्च प्रसंशा गर्नु भएको थियो। छलफलका क्रममा परिषदका उपाध्यक्ष उज्वल कार्कीले नेपालबाट युके सिधै हवाई मार्ग जोड्न पाएको खण्डमा कोबिडले थलिएको नेपाली अर्थतन्त्रमा ठुलो मद्दत पुग्ने र अरु धेरै क्षेत्रमा पनि ढाेका खुल्ने कुरा राखेका थिए। यसै क्रममा उहाले स्कटल्याण्डबासी नेपालीबासीहरु राजदुतलाई स्कटल्यान्डमा स्वागत गर्न इच्छुक रहेको यथार्थ ब्यक्त गरेका थिए ।

प्रतिनिधि मन्डलमा सहभागि स्कटल्याण्ड परिषदकि कोषाधक्ष्य श्रीमती शर्मिला भन्डारीले दूतावास मार्फत स्कटल्याण्डमा सन्चालन गरिने जुनसुकै कार्यक्रममा पुर्ण सहयोग र सहभागिता हुने बतएकी थिइन। परिषदका प्रतिनिधिहरुले आफुले गरेका कृयाकलापको जानकारी गराउने क्रममा केहिदिन अघि मात्र अध्यक्ष भन्डारी स्वयम् आफै पोल्यान्ड गएर युक्रेन र रसिया युद्धको चपेटामा परि बिस्थापित भएका नेपालिहरुलाइ स्कटल्याण्डबासीहरुका तर्फबाट राज्य परिषद द्वारा प्रतिनिधित्व गर्दै आर्थिक सहयोग £३००० पाउन्ड उपलब्ध गराएको कुरा जानकारी गराएको थिए । कार्यक्रमको अन्तमा राजदुत तथा नियोग प्रमुख/उपप्रमुख लाई खादा तथा उपहार ले स्वागत गरेका थिए।

धन्यवाद।।।