भोजपुरका २१ वर्षीय युवकको पेटमा फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल भेटियो

विराटनगर २ चैत । २१ वर्षीय युवकको शल्यक्रिया मार्फत फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालिएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले भोजपुर नगरपालिका– १२ का घर भएका ति युवकको पेटबाछ सिक्री र खाना नलीमा अड्किएको अवस्थामा बक्कल फेला पारेका छन् ।

आफु अब मर्छु भन्दै निलेको सिक्री र बक्कलले ति युवकको स्वास्थ्य स्थिति गम्भिर बनाएपछि उनलाई नोबेल मेडिकल कलेज ल्याइएको थियो । नोबेलका शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बक्कल निकालिएको बताइएको छ ।

साथै, दिसा नलीबाट सिक्री निकालिएको छ । अहिले ति युवक उपचार पछि घर फर्किएको अस्पतालले जनाएको छ ।