टुसा उमारिएको गेडागुडी खाँदा हुन्छन् यस्ता कैयौँ फाइदाहरु

काठमाडौं । आहारा नै स्वास्थ्य हो । खानपानले विभिन्न रोग निम्त्याउँछ भने केही रोग निको पार्न वा लाग्न पनि दिँदैन । यसर्थ खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । स्वस्थ रहन खानपानमा ख्याल गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने तत्वको पूर्ति हुने गरि भोजन गर्नुपर्छ । टुसा उमारिएको गेडागुडीलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ ।

गेडागुडी उमार्दा यसमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन् ।यसलाई काँचै वा पकाएर खान सकिन्छ ।

उमारिएका गेडागुडीमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् । उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि नष्ट हुन्छन् । उमारिएको गेडागुडीमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ । घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ ।

उमारिएको गेडागुडीमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइने भएकाले फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ। अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ । महिलाहरूमा महिनावारी रोकिएपछि हुने हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, स्तन क्यान्सर जस्ता समस्यालाई नियन्त्रण गर्दछ ।