श्रीमती साटासाट गर्ने सात जना पक्राउ

काठमाडौं- भारतमा श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। केरलाको कोट्टायम नजिकै रहेको कारुकाचलमा श्रीमती साटासाट गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई आइतबार पक्राउ गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उनीहरूले पत्नीको साटासाट टेलीग्राम एपको माध्यमबाट गरिरहेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

यस गिरोहमा एक हजारभन्दा बढी सदस्य रहेको बताइएको छ। एक महिलाले श्रीमानले आफूमाथि अ’प्रा’कृ’ति’क मै’थु’न गर्ने र अन्य व्यक्तिसँग पनि स’म्बन्ध बनाउन द’बा’ब दिँदै आएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।

प्रहरीले उक्त घटनामाथि अनुसन्धान गर्दा गिरह बारे खुलासा भएको जनाएको छ। गि’रोहका सदस्यहरूले टेलीग्राम, म्यासेन्जर एम आदिको प्रयोगबाट एक अर्कासँग सम्पर्क गर्नेगरेको पाइएको छ।

आरोपितहरूलाई कोट्टायम, अलप्पुझा र एर्नाकुलम जिल्लाबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ।