राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

काठमाडौं। राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह ‘तीर’ पाएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार पार्टीका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको भर्चुअल बैठकमा पार्टीले पाएको निर्वाचन चिन्हबारे जानकारी गराएका छन्।

यसअघि राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ थियो। राप्रपा नेपालका नेता सुरेश आचार्यले सामाजिक सञ्जालमार्फत पार्टीले निर्वाचन आयोगबाट चुनाव चिन्ह ‘तीर’ पाएको जानकारी दिएका छन्। सनातन धर्म पुनर्स्थापनामा चुनाव चिन्ह तीर महत्त्वपूर्ण साबित हुने उनले विश्वास व्यक्त गरे।

आचार्यले लेखेका छन्, ‘राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह ‘तीर’ पाएको छ। ‘तीर’ को सनातन हिन्दुधर्म, संस्कृति र प्रकृति पूजनमा गहन महत्त्व रहेको छ।‌ यो चुनाव चिन्ह- सनातन धर्म पुनर्स्थापना गर्ने राप्रपा नेपालको कार्यनीतिको कार्यान्वयनमा महत्त्वपूर्ण रहने विश्वास बढाएको छ।’