राजस्व छली गर्ने सौगात इन्टरनेसनलका तीन जनाविरुद्ध साढे १६ करोड बिगो दाबी माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाडौं २ चैत । राजस्व चुहावट गरेको गरेको भन्दै राजस्व अनुसन्धान विभागले १६ करोड रुपैयाँ भन्दा बढी बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले सौगात इन्टरनेसनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखा परीक्षक सुनीलमान शाक्यविरुद्ध मुद्धा दायर गरेको हो ।

उनीहरु विरुद्ध विभागले बिगो आठ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ र बिगोको शतप्रतिशत जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ ।