यतिबेला कहाँ, के गर्दैछिन् नाबालिग गायिका ?

उमेरले उनी नबालिग नै छिन् । १७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ । जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ ।

लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा हत्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।

पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो ।

उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् ।

अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरु’द्धको लडा’इँ उनलाई जसरी पनि जित्नु छ ।

‘रियल हिरो’ कहलिएिका स्टारविरुद्ध जबर्ज’स्ती क’रणीको जाहेरी हालेयता उनले सामाजिक सञ्जालमा निकै तीखा प्रतिक्रियाहरू सामना गर्नुपर्‍यो ।

सुरू(सुरूमा त्यस्ता प्रतिक्रियाहरू पचाउन निकै गाह्रो भएको थियो उनलाई । कमेन्टमा कसैले ‘रिप’ लेखेको देखिन् भने धेरैबेरसम्म बिथोलिन्थिन् । बारम्बार रुन्थिन् ।

तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानुभूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइसकेकी छन् ।

जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडा’इँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् ।

स्क्या’न्डल बाहिर आएपछि आमरूपमा उनको विपक्षमा जनमत थियो । तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् ।

‘पहिले धेरैजसो गाली मात्रै थिए । फेसबुक हेर्न पनि डर लाग्थ्यो । तर अहिले धेरैजनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँबाट व्याक हुन्न,’ गायिकालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो ।

दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् । दिदी(भिनाजु पनि उनीसँगै छन् ।

प्रहरीमा जाहेरी दिएयता किशोरीले आफ्नो फेसबुक खोलेकी छैनन् । उनको मोबाइल छानविनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमै छ । उनी दिदीको मोबाइलमा दिदीकै फेसबुक हेर्छिन् ।

टिकटक र युट्यूवमा आएका भिडिओहरू पनि हेर्छिन् । खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आहत तुल्याइरहेका छन् ।

आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभाइसँग मात्रै उनको कुरा भइरहेको छ । उनका दाइ वैदेशिक रोजगारीका लागि दुबईमा छन् ।

दिदी र भिनाजुले चाहिँ उनको साथ छोडेका छैनन् । परिवारको बलियो साथले गर्दा पनि उनको आत्मबल बढेको छ । पहिले(पहिले उनलाई राति निदाउनसमेत संघर्ष हुन्थ्यो । तर, अहिले त्यो समस्या छैन ।

जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडाइँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आएपछि

नाबालिग गायिकाका बुबाआमालाई पनि यो परिस्थितिको सामना गर्न सहज छैन । छरछिमेकी र आफन्तहरूले उनीहरूलाई प्रश्नमाथि प्रश्न तेर्स्याइरहेका हुन्छन् ।

युट्यूवमा आउने भिडिओहरू हेरेर यस्तो रहेछ नि ? भन्दै घोचपेच गर्नेहरू पनि थुप्रै छन् । यद्यपि, साथ दिने र हौसला बढाउनेको पनि कमी भने छैन ।

उनको भनाइ उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘अन्तरवार्ता दिएर भाइरल हुनुभएको महिलालाई म चिन्दिनँ । खोइ, किन त्यस्तो भन्नुभयो । तर, जो व्यक्तिसँग मेरो नाम जोडिएको छ, उहाँ मेरो दाइजस्तो हो ।

सुटिङको क्रममा हाम्रो गाउँमा आउनुहुँदा भेट भएको थियो । लिभिङमा बसेको भनेर मेरो चरित्रह’त्या गर्ने काम भइरहेको छ । कृपया यस्तो नगरिदिनुहोला ।’sorce nagarikpatra.com