चारैतिर बाट बिरोध आएपछि आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको स्पष्टि दिए गायक प्रकाश सपुतले

काठमाडौ । गायक प्रकाश सपुत यस्ता सर्जक हुन् जस्ले ल्याएको हरेक गीतले स्रोता तथा दर्शकको मन जित्ने गरेको छ । बिषयवस्तुको गंभीरता र यर्थाथतालाई दुरुस्तै उतार्न माहिर प्रकाश यसपटकको गीत पिरलाई लिएर बिबादमा तानिए । यो गीत माओबादी केन्द्रित गीत थियो जुन जनयुद्धमा पलायन र घाइते भएकाहरु संग सम्बन्ध राख्थ्यो ।

यो गीतलाई लिएर माओबादीका भातृ संगठनहरु एक्सनमा उत्रने चेतावनीयुक्त भाषा नै आयो । यसरी बिरोध र समर्थन उत्तिकै पाएको यस गीतका बिषयमा गायककै धारणा चाहि के हो भन्ने सबैलाई जान्न र बुझ्न कौतुहलता लागेको होला । हो प्रकाशले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे स्पष्टिकरण दिएका छन् ।

उनले बिरोध आए पछि आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको स्पष्टिकरण दिएका छन् । गायक प्रकाश भन्छन्– म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ ।

उनले जनयुद्धमा होमिएका पुर्व लडाकुहरुकै रियल कथा समेटेको बताएका छन् । पीरले जनयुद्धकै बलमा व्यवथा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाई छ । प्रकाशले समानताका लागि सँगै लडेका कामरेडहरुबीचको बढ्दो दुरी देखाउन मात्रै खोजेको बताएका छन् ।

उनले देहब्यापार लाई प्रतिकात्मकरुपमा राखिएको दृष्यको रुपमा लिएका छन् । त्यसैले प्रकाशले कसैको आत्मसम्मानमा चोट पुग्न जाने महसुस भएको भन्दै यसमा आत्मालोचना गरेका छन् ।