पाकेट मा रिरहेको अवस्थामा यी चर्चित अभिनेत्री पक्राउ

काठमाडौं ।

बंगाली फिल्मकी चर्चित अभिनेत्री रुपा दत्ता पक्राउ परेकी छिन् । रिपोर्टका अनुसार उनलाई पाकेट मा रेको आरोपमा पक्राउ गरिएको हो । यो घटना कोलकाता अन्तर्राष्ट्रिय पुस्तक मेलामा भएको हो ।

विधान नगर उत्तर पुलिस स्टेशन सूत्रका अनुसार शनिबार एक महिलाले डस्टबिनमा एउटा ब्याग फ्याँकेको देखेपछि पुलिसलाई उनीमाथि शंका भएको थियो । त्यसपछि ती महिलासँग सोधपुछ गर्दा आश्चर्यजनक खुलासा भएको हो ।

शंका भएपछि पुलिसले उनीसँग सोधपुछ सुरु गर्यो । यसका साथै ती महिलाको ब्यागको खानतलासी पनि गरियो । यस क्रममा ती महिलाको ब्यागभित्र कैयौं पर्सहरु भेटिए । सूत्रका अनुसार पुलिसले ती अभिनेत्रीसँगबाट ७५ हजार रुपैयाँ बरामद गरेको छ । पुलिसका अनुसार रुपा दत्ता नामकी यी महिला उनै हिरोइन हुन् जसले केही वर्ष पहिले बलिउड निर्देशक अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी थिइन् ।

सोधपुछको क्रममा रुपाले आफूले पाकेट मारेको स्वीकार गरेकी छिन् । उनले पुलिसलाई दिएको बयान अनुसार उनी अलग अलग मेला, कार्यक्रम र भिडभाड हुने ठाउँहरुमा गएर मानिसहरुका पर्स चोरी गर्थिन् । यो कुराले धेरै मानिसहरु आश्चर्यमा परेका छन् कि चर्चित अभिनेत्रीले यसरी पाकेटमारीको काम गर्थिन् । रुपा बंगाली भाषाकी प्रसिद्ध अभिनेत्री हुन् जसले थुप्रै फिल्म र सिरियलमा काम गरेकी छिन् ।