‘राति सुत्ने बेला म गुडनाइट भन्न ढोकासम्म पुगेँ तर ज-वरज-स्ती गरिन

काठमाडौं ।

कलाकार पल शाहले आफूबिरुद्ध क’र’णीको आरोप लगाउने नाबालिग महिलामाथि क’र’णी नगरेको वयान दिएका छन् । उनको बयान अनुसार ज’व’रज’स्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ ।

स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर ज’बरज’स्ती गरिन।’

‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले जनायो ।

एक नाबालिग महिलाले आफूलाई पटक पटक क’र’णी गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् । ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई क’र’णी गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइन् । अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो । गैडाकोटमा संकलित प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।