यी दुई युवती यस्तो कार्य गर्दा गर्दै रंगेहात पक्राउ परे

काठमाडौं ।

थाइल्याण्डबाट आएका दुईजना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ गरेका छन् ।

नेपालबाट भारत जन लागेका दुवै जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वान्विसा जन्टासन र वारापर्न खुर्सोम्बात छन् ।

फागुन २६ मा भिस्तारा एयरलान्सको उडानबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले वानविसाको साथबाट २ हजार र ५ सय दरका १ लाख ७९ हजार ५ सय भारतीय मुद्रा बरामद गरेको छ । वारापोर्नको साथबाट भरतीय रुपैयाँ ५ सय दरका १ लाख १५ हजार बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसपी हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको जनाएको छ ।