सार्वजनिक ठाउँमा आफ्नी गर्ल फ्रेण्ड आलिया भट्टलाई अभिनेता रणबिरले गरे यस्तो हर्कत , फ्यान भन्छन्– कहाँ समातेको लाज शरम छैन ?

बलिउड इन्डस्ट्रीकी गंगुबाई अर्थात् आलिया भट्टको फ्यान फलोइङ निकै उच्च छ । उनको अभिनय र सौन्दर्यलाई लिएर फ्यानहरु अत्यन्तै प्रभावित भएका छन् । पछिल्लो समयमा एकदमै ब्यस्त रहेकी नायिका धेरै ठूला फिल्ममा देखिएकी छिन् । आलिया सोशल मिडियामा धेरै सक्रिय छिन्।

उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् । जसलाई उनका फ्यानहरुले पनि रुचाउने गरेका छन् । हालै आलियाको एउटा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । आलिया यसपटक उनी चर्चामा आउनुको कारण उनको एउटा भिडियो हो । भिडियोलाई इन्स्ट्यान्ट बलिउडको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको छ ।

भिडियो अपलोड हुनासाथ यो भाइरल भएको छ । भिडियोमा आलिया डिनरपछि रेस्टुरेन्टबाट बाहिर निस्किरहेको देख्न सकिन्छ । यस क्रममा उनीसँगै रणवीर कपूर पनि थिए । बाहिरिने क्रममा रणबीरले यस्तो काम गरे कि फ्यानको नजर उनीमाथि नै अड्कियो । भाइरल भिडियोको कुरा गर्ने हो भने, भिडियोमा रणवीर–आलिया पछि होटलबाट निस्किएको स्पष्ट देख्न सकिन्छ ।

यसै क्रममा फ्यानहरुले आलियालाई हालै रिलिज भएको फिल्म ‘गंगुबाई काठियावाडी’का लागि चियर गरिरहेका छन् । यस्तो अवस्थामा, आलिया गलत दिशामा मोडिन्छ, त्यसपछि रणवीरले मायालु साथ उनको हात कम्मरमा च्याप्प समातेर बाटो देखाउँछन् र दुबै कारमा बस्छन्। यस क्रममा आलियाले सेतो लुगा लगाएकी थिइन् । रणवीर भने क्याजुअल लुकमा देखिएका थिए ।

उनको यो भिडियोलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । तर भाइरल भिडियोमा केहि फ्यानहरुले भने चर्काे आलोचना गरेका छन् । एक जनाले रणबीर लाई गालि गर्दै लेखेका छन्– सार्वजनिक ठाउँमा यति साह्रो हर्कत , कहाँ समाएको ? लाज शरम छैन ?