एसईइमा लागेको नियम हट्यो, कक्षा १२ का लागि लाग्यो नयाँ निमय

काठमाडौ । अब जुन उमेर समुहले पनि एसईइ परिक्षा दिन पाउने भएका छन् । यस अघि लाग्दै आएको नियम हटाइएको छ । यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएपछि अब जुन उमेरकाले पनि परिक्षा दिन पाउने भएका हुन् । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो ।

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, ‘अब एसएलसी भनेको कक्षा १२ हो । त्यहाँ उमेर हद लागु हुन्छ अब कक्षा १० मा लागु हुँदैन ।’

एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने कानूनत अधिकार बोर्डलाई भएकोले बोर्डले निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।