रेखा थापाले भनिन्, ‘पुरुषको दुःख घटाउन योद्धा छोरी जन्मिनुपर्छ’

काठमाडौं। अभिनेत्री रेखा थापाले कमजोर महिलाको पति, बुवा, भाई वा प्रेमी सबै कमजोर हुने बताएकी छन्।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना दिँदै अभिनेत्री थापाले पुरुषहरुले पाएको दुःख घटाउन घरभित्र योद्धा छोरी जन्मिनु पर्ने बताएकी हुन्। पुरुषको बिरुद्ध होइन, पुरुषलाई पनि पीडा भएको उनले उल्लेख गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ। पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु। कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन्। ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना।’