पढाईमा जति मिहिनेत गर्दा पनि असफल हुनु भयो ? अब यस्तो गर्नुस् हुनुहुन्छ सफल

सरस्वती मातालाई विद्याकी देवी मानिन्छ। पढाईमा अब्बल विद्यार्थीदेखि लिएर पढाईमा कदापी रुची नदेखाउने सबै किसिमका विद्द्यार्थीहरुले आफ्नो विद्धार्थी जिवनमा सरस्वती माताको सामु शिर झुकाएकै हुन्छन् । परिक्षा चलिरहेको समयमा होस् या परीक्षाको नतिजा आउने समयमा, सबैले सरस्वति मातालाई नबिराई सम्झने गर्दछन् ।विद्याकी देवी सरस्वतीले आफ्ना सबै भक्तजन माथी आफ्नो आशीर्वाद वर्साउँछिन् । तर धर्म शास्त्रमा उल्लेख गरिए अनुसार सरस्वतीलाई प्रशान्न पार्नको लागि पनि केहि यस्ता विधिहरु अपनाउन सकिन्छ जसले गर्दा तपाईमाथी सरस्वतीको कृपा सधै रहिरहन्छ ।

धार्मिक शास्त्र अनुसार यो सबैभन्दा सरल र राम्रो विकल्प मानिएको छ । तसर्थ कुन राशीका विद्यार्थीले सरस्वतीलाई के चढाउँदा फाइदाजनक हुन्छ त?मेष राशी:मेष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बेसनको लड्डु अर्पण गर्नु राम्रो मानिन्छ। यी राशीका जातक परीक्षा आउनु अगावैबाट धेरै डराउने स्वभावका रहने भएकाले संयम रहनुहोला ।वृष राशी:वृष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी मिठाई अर्पण गर्नु राम्रो मानिन्छ। यी राशीका जातकमा परीक्षाको डर क्षणिक मात्र हुने भए पनि अध्ययनमा भने विशेष रुचि दिनुहोला ।

सिंह राशी:सिंह राशीका विद्यार्थीले देवी सरस्वतीलाई अनार अर्पण गरी त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्नु राम्रो मानिन्छ। यस राशीका जातकलाई परीक्षामा भन्दा पनि नतिजाका बेला डर हुने गर्दछ ।कन्या राशी:कन्या राशीका विद्यार्थीले देवी सरस्वतीलाई मख्खन र मिश्री अर्पण गरी त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्नु राम्रो मानिन्छ। पढ्ने शैलीमा सुधार गरी पढ्न खोजेपनि अध्ययनमा मन जादैन ।

तुला राशी:तुला राशीका विद्यार्थीले देवी सरस्वतीलाई रसवरी र काजू अर्पण गर्नु राम्रो मानिन्छ। पढाईमा मन नजाने यस राशीका जातकले मेहनत गरेको खण्डमा राम्रो नतिजा प्राप्त गर्न सक्दछन् ।वृश्चिक राशी:वृश्चिक राशीका विद्यार्थीले देवी सरस्वतीको नियमित पुजा गरी खराब बानि सबै त्याग्नु पर्दछ । दैनिक एक चमच मह खाएर परीक्षा दिएमा राम्रो अंक प्राप्त हुन्छ ।

धनु राशी:धनु राशीका विद्यार्थीले देवी सरस्वतीलाई बदाम र मिश्री अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नु राम्रो मानिन्छ। यस राशीका जातकलाई पढाईमा रुचि नहुने भए हदै रुचि हुने गर्दछ । मकर राशी:मकर राशीका विद्यार्थीले देवी सरस्वतीलाई तुलसीको जरा अर्पण गरी धारण गर्नु राम्रो मानिन्छ। यस राशीका जातकलाई अध्ययनमा मन नलाग्ने भएकाले तुलसीको पात र मह खानु पर्दछ ।

कुम्भ राशी:कुम्भ राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी लगायतका गुलिया मिठाई अर्पण गर्नु राम्रो मानिन्छ। यस राशीका जातकलाई रुचि नभएको बेला अध्ययन गर्न सक्दैनन् ।मीन राशी:मीन राशीका विद्यार्थीले देवी सरस्वतीलाई दैनिक पान अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नु राम्रो मानिन्छ। यस राशीका जातकलाई परीक्षाको चिन्ता भन्दा पनि श्रेणीको चाहना हुने गर्दछ ।