प्रचण्डसँग मेरो सम्बन्ध कठिन मोडमा पुग्यो : नारायणकाजी

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड्नु भनेको बताएका छन् ।

आज शुक्रबार देखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो खुलासा गरेका हुन् । अध्यक्ष प्रचण्डले आफुलाई पत्रकार सम्मेलन गरेरै पार्टी छोड्न भनेको बताएका छन् ।

अब प्रचण्डसँग आफ्नो सम्बन्ध कठिन मोडमा पुगेको बताएका छन् । संसद एमसीसी पारित भएपछि आक्रोशित बनेका श्रेष्ठसहित पाँच नेताले खुलेरै एमसीसीको विरोध गर्दै आएका छन् ।

प्रचण्डले श्रेष्ठको नाम लिँदै बामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा शुन्य सिट आएको भन्दै कसैलाई त्यही बाट हिड्न मन लाग्यो भने कसले रोक्न सक्छ र ? भनेका थिए ।