प्रचण्ड र नारायणकाजीको सम्बोधन पछि आजबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं २० फागुन । आज शुक्रबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष प्रचण्डले र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताले सम्बोधन गरेसँगै बैठक आइतबार सम्मका लागि स्थगित भएको हो ।

आइतबार ११ बजेसम्म बैठक स्थगित भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।