टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स – हेर्नुहोस् भिडियो

काठमाण्डौं । गाएक एवं संगितकार यम के निरौलाको नयाँ गीत “दोधारे मन किन” सार्वजनिक गरिएको छ । टिका प्रसाई युट्युव च्यानलबाट सार्वजनिक गरिेएको उक्त गीतमा संगितकार स्वयं एम के निरौलाको स्वर रहेको छ भने उनलाई चर्चित गायिका टिका प्रसाईले साथ दिएकी छन ।

विशाल निरौलाको संगित संयोजन रहेको उक्त गीत अलंकार स्टुडीयोमा रेकर्ड गरिएको हो । उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको उक्त गीतमा कलाकार सुधिर श्रेष्ठ र समिक्षा पोख्रेलको दमादर नृत्य एवं अभिनय देख्न सकिन्छ ।

प्रेममा जति शंका गरिन्छ त्यतिनै विश्वास पनि गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै तयार गरिएको उक्त गीतलाई सन्तोस राजवहाक ले नृत्य निर्देशन गरेका छन, हेर्नुहोस् उक्त गीत भिडियो