एमसीसीको विरोध गर्नेहरुमाथि गगन थापाको गर्जन : ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसके’

काठमाडौं २० फागुन । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ भन्दै कडा टिप्पणी गरेका छन् ।

कास्कीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले एमसीसीको विपक्षमा रहेका देशका राजनीतिक दलका नेताहरुलाई लक्षित गर्दैै विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ भन्नेहरुका छोराछोरी अमेरिका गइसकेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ’भन्नेहरुका छोराछोरी अमेरिका गइसके’ थापाले भने ।

जुनसुकै देशले अनुदान दिए पनि स्वीकार गर्नुपर्ने बताएका थापाको यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि थापाले आज आयोजित उक्त कार्यक्रममा यस्तो बताएका हुन् ।

‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ–मागेर देश चल्छ ? मागेर अस्पताल बनाउने ? गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन। उनीहरू उत्तेजनाको राजनीति गर्छन्।’ उनले अघि भनेका छन् ।