माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक सर्यो

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक दुई घण्टा पछि सरेको छ । आज शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दई घण्टा पछि सरेर दिउँसो १ बजे बस्ने भएको छ ।

माओवादी संसदीय दलका नेता देव गुरुङले दिएको जानकारी अनुसार बैठक १ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने जनाएका छन् ।

पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेकाले बैठक ढिला हुन गएको हो । एमसीसीका कारण माओवादीका नेताहरु बिच विवाद सुरु भएको छ ।