विश्वको सबैभन्दा डरलाग्दो बिरालो, यस्तो छ रहस्य

एजेन्सी। पछिल्लो समयमा सामाजिक सञ्जालमा जेसुकै पनि भाइरल हुने लहर नै चलेको छ। विशेषगरि ट्विटरमा मानिसहरू यस्ता कुरा सेयर गर्छन् जुन सेयर गरेको केही समयमै भाइरल बन्न पुग्छ। त्यस्तै, एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। जसलाई विश्वकै सबैभन्दा डरलाग्दो बिरालोको उपनाम दिइएको छ।

 

यो स्विजरल्याण्डको रुटीमा बस्ने जोर्डन नामको बिरालो हो। यस बिरालेको शरीरमा एउटा पनि रौँ छैनन् र साथमा यो एक अज्ञात रोगबाट समेत ग्रसित छ। यसै कारणले गर्दा जोर्डनको शरीर अस्वाभाविक रूपमा चाउरिएको दखिन्छ।

 

६ बर्साय जोर्डनको इंस्टाग्राममा २२ हजारभन्दा बढी फलवोर्स छन्। सामाजिक सञ्जालमा तस्बिर भाइरल भए पश्चात् कतिपयले यसलाई विश्वको सबैभन्दा डरलाग्दो बिरालोको उपनाम दिएका छन् भने कतिपयले जोर्डनलाई यलियनसँग पनि तुलना गरिरहेका छन्।