बारको चुनावमा गठबन्धन हुँदैन : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत् कोइरालाले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने उल्लेख गरेका हुन्।

नेता कोइरालाले कांग्रेस निकट डीएलले बिधिको शासन स्थापना गर्न भूमिका महत्त्वपूर्ण भूमिका रहको भन्दै अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिए मर्ममाथि आँच आउने बताए।

कोइरालाले लेखेका छन्, ‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को महत्तवपूर्ण भूमिका छ। यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डीएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ। अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन। यदि यसो गरिए डीएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ।’