एमाले नेता रावल र नेकपा महासचिव विप्लवबीच भेट

काठमाडौं। नेकपा एमालेका नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। बिहीबार बिहान नेता रावलको निवासमा उनीहरुबीच भेटघाट भएको हो।

महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथमा लिएर नेता रावललाई भेट्न गएका हुन्। भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

यसमा रावलले पनि सकारात्मक जवाफ दिएको सचिवालयको भनाइ छ। विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई समेत भेटेका थिए।