नारायणकाजी श्रेष्ठ आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफलमा

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको बिहीबार बिहानको भेटवार्ता भएपछि नेता श्रेष्ठले आन्तरिक छलफल गरेका हुन्।

श्रेष्ठ निकट स्रोतका अनुसार बिहीबार बिहान आफ्नै निवास हात्तीवनमा नेता श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन्। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसँग उनले छलफल गरिरहेका छन्।

अध्यक्ष प्रचण्डसँग भएको पछिल्लो भेटवार्ता र पार्टीमा देखिएको विवादका विषयमा छलफल केन्द्रीत भइरहेको छ। गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि दुई नेताको सम्बन्धमा केही चिसोपना आएको छ।