करण जोहरलाई संघर्षका दिनमा समेत यति ठूलो सहयोग गरेका रहेछन् सलमानले

काठमाडौं, १८ फागुन । करण जोहरले अधिकांश फिल्ममा शाहरूख खानसँग काम गरेका छन् । उनको करियर स्थापित गर्ने फिल्महरूमा शाहरूखसँगै काजोल पनि छिन् । कुछ कुछ होता है, कभी खुसी कभी गम, कभी अलविदा ना केहना, माइ नेम इज खान लगायतका फिल्मले करणलाई बलिउडमा स्थापित निर्देशक बनायो । करण र शाहरूखले एक अर्कालाई बलिउडमा स्थापित हुन सहयोग गरेको उजागर नै छ ।

यिनै करणले आफुलाई अप्ठ्यारो समयमा सलमान खानले सहयोग गरेको बताएका छन् । एक शोमा कुराकानीको क्रममा उनले आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा दोस्रो लिड क्यारेक्टरको लागि धेरैलाई अप्रोच गरेको सुनाए । ‘मैले शाहरूखपछिको रोलको लागि धेरै कलाकारलाई अप्रोच गरेँ । तर , कसैले पनि मेरो अफर स्वीकार गरेनन्,’ करणले भने । उनी आफ्नो भूमिकामा कसैले रुची नदेखाएपछि एक पार्टीमा उदाश हुँदै पुगेका थिए । त्यहाँ उनले सलमान खानलाई भेटे ।

‘मलाई सलमानले सपिङ सकिएको भए मलाई भोलि स्टोरी न्यारेट गर भने,’ स्मरण गर्दै करण भन्छन्, ‘सलमान मेरो लिस्टमा समेत थिएनन् । त्यसैले मैले उनलाई अप्रोच गरेको थिइँन् । तर, उनैले घरमा बोलाएपछि म पुगेँ र कथा सुनाएँ ।’

उनले कथा सुनाएपछि सलमानले राम्रो रहेको प्रतिक्रिया दिएको बताए । तर, करणलाई डर लाग्यो । ‘मलाइ लाग्यो, कतै शाहरूखको रोल त सलमानले मन पराएनन् । तर , उनले मलाई मेरो बुबाको लागि फिल्ममा केमियो गर्ने बताए,’ करणले सम्झिए ।

सलमानको प्रवेशले फिल्मलाई निकै फाइदा पुग्यो । फिल्ममा शाहरूख, काजोल, रानी मुकर्जीको चर्चा हुन्छ ।