कुबुद्धितिर लागेको एमालेलाई सत्ता पक्षले जति टुनामुना गरे पनि काम गरेन : माधव नेपाल

काठमाडौं १८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको कुबुद्धि सप्रिएपछि मात्रै संसद अवरोध अन्त्य हुने बताएका छन् ।

‘जहिले कुबुद्धि सप्रिन्छ, त्यहिले अवरोध अन्त्य हुन्छ। सत्ता पक्षले धेरै टुनामुना लगाइरहेको छ, काम लागेको छैन’ नेपालले भने ।

सत्ता पक्षले जति टुना मुना लगाएपछि असफल भएको बताएका उनले एमालेले जनताको विश्वासप्रति घात गर्ने काम गरेको आरोप लगाएका छन् ।

‘लोकतान्त्रिक प्रतिवद्धताको प्रश्न खडा गरेको छ। जनताको विश्वासप्रति घात गर्ने काम भएको छ। यसको मूल्य उहाँले आउने चुनावमा तिर्नुपर्छ।’ उनले भने ।