एमसीसीले भन्यो – नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदनपछि कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं १८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीले नेपालको संसद बैठकले एमसीसी सम्झौता पारित गरेपछि कार्यक्रम कार्यान्वयनको बाटो खुलेको बताएको छ । मंगलबार राति एक विज्ञप्ती जारी गरी एमीसीको मुख्यालयले यस्तो बताएको हो ।

गत आइतबार बसेको संसद बैठकले एमसीसी अनुमोदन गरेपछि एमसीसी अन्तर्गतका परियोजनाको काम अघि बढाउन बाटो खुलेको जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

एमसीसीले नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रुपमा सहकार्य गर्ने भन्दै विज्ञप्तीमा यो परियोजनाले नेपालमा विद्युत विस्तार, ढुवानी खर्चमा कटौती गर्नुका साथै धेरै रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ ।