पटक -पटक सर्दै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्दै

काठमाडौं १८ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्ने भएको छ ।

बैठक २० गते शुक्रबार दिउँसो ११ बजे राष्ट्रिय सभा गृहमा बस्ने भएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनाएका छन् ।

गत पौष २५ गते देखि पटक पटक सर्दै आएको बैठक २० गते बिहान ११ बजे बस्ने भन्दै सबै केन्द्रीय सदस्यहरुलाई जानकारी गरिएको बताइएको छ ।

आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको थिएन ।

जसको जिम्मा केन्द्रीय कमिटीको पहिलो बैठकलाई दिइएको थियो ।