केपी ओलीलाई भीम रावलको चुनौती : म ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए ‘महाहिरो’ भएर देखाउनुहोस्

काठमाडौं १८ फागुन । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘महाहिरो’ बन्न चुनौती दिएका छन् ।ओलीलाई नेता रावलले म हिरो भए तपाई महाहिरो बन्नुहोस् भन्दै चुनौती दिएका हुन् ।

 

राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले’हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर‘महाहिरो’ भए खुसी हुने थिए भन्दै उनले भनेका छन्, ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।

एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्ने गरेका उनले संसदमा छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको भन्दै ओलीलाई जवाफ दिएका छन् ।