ओलीलाई भीम रावलको जवाफ: संसद छलफलमा सहभागी हुन नदिनु पार्टीको सिद्धान्त, र नीति विपरीत

काठमाडौं १८ फागुन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई आफु पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन् ।

गत आइतबार संसदमबाट एमसीसीको विषयमा छलफल चलिरहँदा भीम रावलले रोस्टम प्रयोग गरेर एमसिसीबारे छलफलमा लिएपछि अध्यक्ष ओलीले पार्टीको नियमविपरित अनुशासनबाहिर भीम रावल हिरो बन्न खाजेको भन्दै आलोचना गरेका थिए ।

रावलले ओलीलाई आफु पार्टी सिद्धान्त अनुरुप उभिएको भन्दै संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको पनि स्पष्ट पारेका छन् ।

‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । ‘ रावलले भनेका छन् ।

देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ हुने – कुरा सबैमा चेतना समेत होस् उनले भनेका छन् । संसदको छलफलमा भाग लिन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको रावलको भनाई रहेको छ ।

उनले ट्वीट गर्दै भनेका छन्,’एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ, संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो। म पार्टी सिद्धान्त अनुरुप उभिएको छु।’

राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।