आज एकैदिन १ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।