पशुपतिमा बागमतीको पुल भत्किदा ३ जना नदीमा खसे

काठमाडौं-पशुपतिमा बागमतीको पुल भत्किदा ३ जना जना नदीमा खसेका छन् । खसेर घाइते भएका मध्य एकजना अर्ध चेत रहेको भीडभाडका कारण उनलाई अस्पताल लैजान ढिला भएपनि उनलाई पछि अस्पताल लगेर उपचार गरिएको बताइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको हो । बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को पर्खाल भत्किएको हो।