अमेरिकाले नेपालको व्याख्या मान्नुपर्छ, नमाने एमसीसी खारेज हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार प्रतिनिधिसभाबाट पारित ११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने एमसीसी सम्झौता खारेज हुने बताएका छन ।

आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यसो भनेका हुन् ‘एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो होइन, उनले भने, यसलाई अमेरिकाले मान्नैपर्छ। यदि नमानेमा एमसीसी सम्झौता नै खारेज हुन्छ ।

उनले एमसीसी अघि बढाउने क्रममा आफूलाई भिलेन जस्तो बनाइएको पनि बताएका छन्। मत भिलेन जस्तो भएछु डबल डिलर जस्तो भएँ उनले भने, मत मेरो चाहना राष्ट्रिय सहमति बनोस् भन्ने थियो।

तर एमालेले, केपी ओलीले १४ सांसद हटाउनु, सभामुख हटाउनु भनेर रटान लगाइरह्यो। त्यसकारण राष्ट्रिय सहमति जुट्न सकेन।

पत्रकार सम्मेलनका क्रममा उनले एमसीसीका नाममा गठबन्धन फुटाउने कोसिस भएको पनि बताए।

एमसीसीका नाममा गठबन्धन फुटाउन खोजियो। संघदेखि प्रदेशसम्मका सरकार फेरबदलका कुरा पनि आए उनले कांग्रेस र एमालेको वार्ताबारे संकेत गर्दै उनले भने, फेरि पुरानै अवस्था दोहोरिन नदिन, प्रतिगमन आउन नदिन हामीले एमसीसी पास गरेका हौँ। भएभरका उपलब्धि उल्ट्याउने खेल भएपछि यो कदम चाल्नुपरेको हो।

उनले एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको पनि बताएका छन्। यसले कानुनी मान्यता पाउँछ। यो महाकाली सन्धिको प्रस्तावना जस्तो होइन उनले, हाम्रो व्याख्याले कानुनी मान्यता पाउँछ। अन्तर्राष्ट्रिय सन्धिअनुसारको मान्यता पाउने कुरा भएको छ। अमेरिकी दूतावास पनि यसमा सकारात्मक छ।

उनले नेकपाकालीन प्रसंग निकाल्दै केपी शर्मा ओलीले संकल्पया अरु कुनै जरुरी प्रस्ताव आवश्यक नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेको पनि दाबी गरे।

केपीजीले एमसीसीमा कुनै कुरा संशोधन आवश्यक छैन भनेका थिए उनले भने, उनले देउवाजीलाई अक्षरशपास गरौँ भनेका थिए तर हामीले नमानेकाले अघि बढेको थिएन। उनले पछिल्लो समय एमसीसीमा राष्ट्रिय सहमति खोज्न आफूले नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाएको पनि बताए।

मैले बालकोट गएर भए पनि केपीजीसँग कुरा गरौँ भनेको हो प्रधानमन्त्रीलाई उनले भने, अनि प्रधानमन्त्री बालकोट जानु भएको हो।

प्रधानमन्त्रीले यसमा मद्दत गर्नुपर्यो भन्नु भयो। तर एमालेले सभामुख हटाउनुपर्ने र १४ सांसदलाई कारबाही गर्नुपर्ने भने रटान लगाइरहेपछि सहमति जुटेन।