ब्रेकअपको खबर बाहिर आएसँगै यस्तो हुलियामा अर्जुनलाई भेट्न सुटुक्क पुगिन् मलाइका,तस्विर भाइरल

बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना फ्यानसँग तस्विरहरु सेयर गरिरहेकी छिन् । उनीहरुको तस्विर देखेपछि फ्यानहरु छक्क पर्छन् । यसैबीच, हालै अभिनेत्री आफ्नो प्रेमी अर्जुन कपूरसँग ब्रंचमा देखिएकी थिइन्। जहाँ दुबै सँगै निकै सुन्दर देखिएका थिए । यसै क्रममा दुवै आफ्नो भिडियोका कारण चर्चामा छन् ।

तर यस अवसरमा अभिनेत्रीले पहिरन लगाएकी थिइन् जसलाई लिएर हंगामा मच्चिएको छ । मानिसहरुले फरक फरक टिप्पणी गरिरहेका छन् । मलाइकाको पहिरनको बारेमा कुरा गर्नु अघि। यसअघि मलाइका र अर्जुनको सम्बन्धलाई लिएर उनीहरु दुबैको ब्रेकअप भएको भनिएको थियो । मलाइका लगातार ६ दिनसम्म घरबाहिर देखिएकि थिईनन् । यस बीचमा अर्जुन कपुर पनि उनको घरमा आएनन् ।

यस्तो अवस्थामा मलाइका र अर्जुन एकअर्काबाट अलग भइसकेका छन् भन्ने मानिसहरुले अनुमान गरेका थिए । जसको पिडामा मलाइकाले आफूलाई घरमा कैद गरिन् । अर्जुन कपुरले मलाइकासँगको एउटा सुन्दर तस्बिर सेयर गर्दै यस्ता अफवाहहरूले दिनभर बजार तातो बनाएपछि आफूहरू सँगै भएको खुलासा गरेका छन् । उनीहरु बीच ब्रेकअप भएको छैन भन्ने सो तस्बिरले समेत पुष्टि गर्यो । यो सुनेर दुबैको जोडीलाई मन पराउने उनका फ्यानहरु निकै खुसी भए ।

अब चर्चा गरौ मलाइकाको पोशाकको । प्रेमी अर्जुनसँगको ब्रन्चमा अभिनेत्रीले सेतो रंगको डीप नेक मिडी ड्रेस लगाएकी थिइन् । त्यसो त अभिनेत्री सधैं एक बोल्ड पोशाक मा विश्वस्त रहने गरेकि छिन् तर यस क्रममा अभिनेत्री बारम्बार आफ्नो ड्रेस एडजस्ट गरिरहेकी थिइन् । यसो गर्दा क्यामरामेनले सबै कुरा आफ्नो क्यामेरामा कैद गरे। जसको भिडियो र तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसबारे मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

जहाँ मलाइकाका फ्यानहरुले उनको लुकको तारिफ गरेका छन् । हर्ट र फायर इमोजी शेयर गरेर पनि प्रतिक्रिया आइरहेका छन् । योसँगै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ट्रोल गर्न थालेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, – ब्रा नलगाई कपडा किन लगाउने ? अर्का प्रयोगकर्ताले लाज मान्नु पर्दैन’ भनेर कमेन्ट गरेका छन् । यस्ता कमेन्टले कमेन्ट बक्स भरिएको छ ।