एमसीसी पास भएपछि कसलाई भने बाबुरामले यस्तो

काठमाडौं १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य भएको बताएका छन् ।

सुरु देखि नै एमसीसीको पक्षमा खुलेर बोल्दै आएका नेता भट्टराईले विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य भएको बताएका हुन् ।

यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य होस् भन्ने आफुले चाहेको बताएका छन् । उनले पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिँ मेहनत गर्नैपर्ला भनेका छन् ।

‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ। पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिँ मेहनत गर्नैपर्ला ! यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् !’