आज तोलामा ह्वात्तै बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार ४ सय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार रुपैयाँमा बारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार जनाइएको छ । त्यस्तैगरी आज स्तै चाँदीको मुल्य १३१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।