पेनिकुईक्, स्कडलैण्ड मिड्लोदिएनका सांसद ओविन थम्पसन र मास्टरसेफ सन्तोष शाहको विशेष उपस्थितिमा नेपाली रेष्टुरेन्ट कोशीको भब्यताका साथ उद्घघाटन ।

गत शुक्रबार १८ तारिख नेपाली तथा स्थानीय बासिन्दहरुको बाक्लो उपस्थितिमा औपचारिक रूपमा मिड्लोदिएनका सांसद ओवेन थम्पसन र मास्टरसेफ शेफसन्तोष शाहको विशेष उपस्थितिमा नेपाली रेष्टुरेन्ट कोशीको भब्यताका साथ उद्घाटन गरिएको छ। यस कार्यक्रममा नेपाली बिज्न्नेसका प्रतिनिधिहरु, नेपाली संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय र शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो। कोशीमा उद्घाटन कार्यक्रमको बारेमा बोल्दै, थम्पसन (SNP) ले -“पेनिकुइकको लागि यो नयाँ रेस्टुरेन्टको उद्घाटनको हिस्सा बन्न पाउनु अत्यन्तै खुशीको क्षण थियो। कोशीमा टोलीका लागि यो लामो यात्रा थियो। “म पेनिकुइक समुदायको एक हिस्साको रूपमा कोशीको उज्ज्वल भविष्यको लागि कामना गर्दछु – र म चाँडै फेरि फर्किने आशामा छु।”
साथै मास्टरशेफ सन्तोष शाह ले कोशीको उत्तरोतर प्रगतीको कामना साथै केही कुकिंगका टिप्सहरूले किचनमा रौनक छाएको थियो भने रेष्टोरेन्टमा आएका सम्पुर्ण पाहुनाहरू तथा ग्राहकहरू संगको कुराकानीले रेष्टुरेन्टको वातावरण रमणियमय भएको थियो।

मसलबर्गको गोर्खा बार एण्ड रेष्टुरेन्टका मालिक कँडेलले इम्री प्लेसको दुईतले भवनलाई रूपान्तरण गर्न अनुमतिका लागि निवेदन दिएका थिए। धेरै वर्षदेखि खाली रहेको भवनलाई रेस्टुरेन्टमा प्रयोग गर्नको लागि आवेदनमा अर्ध-अवस्थितको रूपमा वर्णन गरिएको थियो। अवार्ड विजेता नेपाली रेष्टुरेन्टका व्यवसायी नवीन कँडेललाई स्थानीय हललाई नयाँ रेष्टुरेन्टमा परिणत गर्ने अनुमति दिइएको थियो।
कँडेलले पहिले नै सञ्चालनमा रहेको अवस्थित सफल रेस्टुरेन्ट व्यवसाय निर्माण गर्ने योजना बनाएको साथै भवनको प्रस्तावित प्रयोगले अवस्थित शहरमा जीवन्त योगदान दिने कुरा बताए। यसमा “हामी सवै पनि विश्वास गर्छौं कि यसले शहरको केन्द्रलाई पुन: उत्पन्न गर्न पेनिकुईक् हेरिटेज पुनर्जन् परियोजनाको उद्देश्यलाई समर्थन गर्नेछ।”उक्त भवन पहिले स्नूकर, मेसोनिक हलको रूपमा प्रयोग गरिएको थियो र यसको आफ्नै कार पार्क पनि रहेको छ।

भवनलाई १४ विद्यार्थी फ्ल्याटमा परिणत गर्नका लागि दुई अघिल्लो आवेदनहरू २०१६ र २०१७ मा मिडलोथिएन काउन्सिलले अस्वीकार गरेको थियो तर हालको प्रस्ताव एकाइको लागि सबैभन्दा उपयुक्त प्रयोग हो जुन धेरै वर्षको लागि विचार गरिएको छ र लामो समयसम्म खाली भवनको पुन: प्रयोगमा र यस क्षेत्रमा मनोरञ्जन सुविधाहरूमा सुधार हुने कुरामा बिश्वस्त रहेको छ।

सन् २०१४ मसलबर्गमा संचालित गोर्खा बार एण्ड रेष्टुरेन्ट, सन् २०१६ मा स्कटिश बिजनेस अवार्डमा स्कटल्याण्डको उत्कृष्ट स्पेशलिस्ट रेस्टुरेन्टको उपाधि पाएको साथै अन्य धेरै राम्रो खानाका पुरस्कारहरू पनि जितेका कुरा व्यसायी कॅडेल बताउॅछ।
कार्यक्रममा उपस्थित सबैले व्यावसायिक सफलताको शुभकामना दिएका थिए। उक्त ओपनिङ कार्यक्रममा उपस्थित सबै शुभेच्छुकहरुले कोशी रेस्टुरेन्टको खानाहरु स्वादिलो भएको र फराकिलो स्थानमा शान्त वातावरणमा नेपालीपनको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।