प्रचण्ड नेपालमाथि एमाले नेता बाँस्कोटाको कटाक्ष

काठमाडौं ९ फागुन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री समेत रहेका गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रति कडा आलोचना गरेका छन् ।

आइतबार भएको संसद बैठकमा एमसीसी टेबल भएपछि बाहिर निस्किएका प्रचण्ड नेपालले एमसीसीको विपक्षमा भएको भन्दै मतदान विपक्षमा गर्ने बताएका थिए ।

यही प्रसंगलाई लिएर नेता बास्ँकोटाले भनेका छन्, ‘एमसिसी छाती ठोकेर पास गर्छु भन्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन गर्ने प्रचण्ड नेपाल संसदा टेवुल गर्न सहमति दिने पनि उनै,सडकमा कार्यकर्ता उफार्ने नि उनै।पुलिस लगाएर चुटाउने नि उनै,दमन भो भन्ने पनि उनै । ‘

आइतबार सामाजिक सञ्जालमा प्रचण्ड नेपालले पुलिसले प्रदर्शनकारी माथि दमन गरेको भन्दै लेदेका थिए । भने सरकार जे सुकै भए पनि एमसीसीको विपक्षमा मतदान गर्ने बताएका थिए ।

एमसिसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउबासंग सत्ता गठबन्धन गर्ने माधब-पुकदा,संसदा टेवुल गर्न सहमति दिने पनि उनै,सडकमा कार्यकर्ता उफार्ने नि उनै।पुलिस लगाएर चुटाउने नि उनै,दमन भो भन्ने पनि उनै।कम्फरटेवलको अर्थ त बल्ल बुझियो!