ओछ्यानबाटै श्रीमती गायव, कामदारले भगाए मालिकनी (भिडियो सहित्)

इटहरी । इटहरी १७ कान्छी चौकका लक्ष्मण विश्वकर्मालाई श्रीमतीले छोडेर हिडेको दुई महिना बितिसक्यो । उनकी श्रीमती शोभा विश्वकर्मा कहाँ छिन् ? कस्तो अवस्थामा छिन् अत्तोपत्तो छैन । साधारण भनाभनपछि रातको समयमा बेपत्ता भएकी श्रीमती आउने आशमा दिन बिताइरहेका लक्ष्मण मिडिया मार्फत् श्रीमतीलाई घर आउन आग्रह गर्छन् ।

छोरा र छोरी अनि आमासँग रहेका लक्ष्मणलाई अहिले न निन्द्रा लाग्छ, न त आफ्नो दैनिकी कार्यहरु नै गर्न मन लाग्छ । ‘निष्ठुरीलाई माया गरी आफैलाई जोगी बनाएँ’ बोलको गीत उनको जीवनमा चरितार्थ भइरहेको छ ।

लक्ष्मणको घरमा मुढा बनाउने कामदार र शोभा पनि सोही दिनदेखि गायव भएकी थिइन् । सोही कारण छिमेकी र घरका आफन्तहरुले कामदारसँगै शोभा भागेको अनुमान गरेका छन् । लक्ष्मणले श्रीमती हराएको रिपोर्ट इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन पनि दिएको बताएका छन् । शोभा र कामदार गत मंसिर महिनाको दोस्रो सातादेखि सम्पर्क विहिन भएको शोभाका श्रीमानले जानकारी दिए ।

भिडियोः