सत्तारुढ दलको द्वैच चरित्र : आफ्ना भातृ संगठनलाई सडकमा उतार्ने, आफुचाहि अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने

काठमाडौं ८ फागुन । नेकपा एमालेका नेता विष्णु रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैच चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको बताएका छन् ।

आजको संसद बैठकमा एमसीसी टेबल भएपछि नेता रिजालले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

‘एकातिर आफ्ना भातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा ‘एमसीसी पारित गरिन्न’ भनेर निर्णय गर्ने अनि अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्यरअदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन ‘ उनले भनेका छन् ।

आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन नमिल्ने बताएका उनले भनेका छन्, ‘मन्त्रिपरिषद्ले एमसीसी अघि बढाउने भएकाले हिम्मत छ भने त्यसमा सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ ।’

एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैच चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको छ ।

एकातिर आफ्ना भातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा (एमसीसी पारित गरिन्न) भनेर निर्णय गर्ने अनि अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्यरअदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन ।

सत्तारुढ गठबन्धनसँग बहुमत छ– एमसीसी पेश गर्न मिल्छ, पारित गर्न पनि मिल्छ । तर, आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन मिल्दैन । मन्त्रिपरिषद्ले एमसीसी अघि बढाउने भएकाले हिम्मत छ भने त्यसमा सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ ।