यी १४ जोडी सेलेव्रिटी: कोही खुलेर, कोही गुपचुप प्रेममा मस्त ! हेर्नुहोस

प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे ! विश्वभर प्रेम साटासाट गरेर यो दिवस मनाउने प्रचलन छ । प्रेम सम्बन्धमा रहेका जोडीको लागि माया साटेर मनाउने दिनको रुपमा भ्यालेन्टाइन्स डेलाई लिइन्छ । नेपाली मनोरञ्जन वृत्तमा यस्ता केही सेलेव्रिटी छन् । जो घोषितरुपमै प्रेम सम्बन्धमा छन् भने कोही अघोषित रुपमा ।

दर्शकको लागि उनीहरुको निजी सम्बन्ध चासोको विषय समेत मानिन्छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । उनीहरुले यो सम्वन्धलाई लुकाएका पनि छैनन् ।

लिभइन टुगेदरमा रहेका यो जोडी आगामी वर्ष विवाहको तयारीमा छ । सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भएको भने कमै देखिन्छ । सौगात ‘रिजर्भ’ स्वभावको भएकाले उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रदर्शन गरेका छैनन् ।

अनमोल केसी-आज्ञा करणजित

अनमोल केसी आफ्नो प्रेम प्रसंगलाई लिएर कमै चर्चामा आउने गर्छन् । रिजर्भ स्वभावका उनी यस्तो विषयमा मिडियासँग खुल्दैनन् पनि । त्यसैले उनको प्रेम जीवन फ्यानहरुका लागि कौतुहलको विषय बनिरहेको छ ।

केही समयअघि अभिनेत्री सारा अनमोलले श्रीपाली डेट गरिरहेको गसिप ब्यापक भएको थियो । उनीहरु एक–अर्कासँग नजिकिएका पनि थिए । उनीहरुबीच ब्रेकअप भयो । अनमोल अहिले आज्ञा करणजीतसँग डेटमा छन् । आज्ञा अनमोलको आगामी फिल्म ‘पारस’ का लागि उत्कृष्ट तीनमा छनोट अभिनेत्री पनि हुन् ।

श्रृंखला खतिवडा-सिसन बानियाँ

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ लामो समयदेखि गहिरो प्रेममा छन् । उनीहरुले आफ्नो प्रेमलाई विभिन्न माध्यमबाट व्यक्त गरिरहेको पाइन्छ । खासगरि, टिकटकमा उनीहरुको निकटता झल्किने धेरै भिडियो फुटेजहरु भाइरल छन् ।

श्रृंखला विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदा ‘ब्युटी अफ पर्पस’ का लागि पेश गरेको भिडियो सिसनले बनाइदिएका थिए । त्यही भिडियोमार्फत श्रृंखलाले ‘ब्यूटी विथ पर्पस’ को ताज पनि जितिन् । त्यही बिन्दुबाट यो जोडीबीच प्रेम झांगिएको बताइन्छ ।

नीता ढुंगाना- हरिहर अधिकारी

अभिनेत्री नीता ढुंगाना अभिनेता एवं ज्योतिषी हरिहर अधिकारीसँगको प्रेममा छिन् । केही वर्षदेखि यो जोडी डेट गरिरहेको छ ।नीता यसअघि आमेश भण्डारीसित गहिरो प्रेममा थिइन् । आमेशसँग छुट्टिएपछि एक्लिएकी नीता अहिले हरिहरसँग नजिकिएकी हुन् । हरिहरसँगको संगतले उनी आध्यात्मतर्फ झुकाव राख्न थालेकी छन् ।

सविन श्रेष्ठ-अनु शाह

अभिनेता सविन श्रेष्ठ र अनु शाह प्रेम पनि बारम्बार मिडियामा चर्चा भइरहने विषय हो । लामो समयदेखि प्रेममा रहेका उनीहरुले एक वर्षअगाडि मात्रै सार्वजनिक स्वीकारोक्ति गरेका थिए ।

सविन र अनुको भेट ७

वर्षअघि एउटा फोटोसुटका क्रममा भएको थियो । त्यसपछि केही फिल्ममा सँगै काम गर्ने क्रममा उनीहरु नजिकिए ।

मलिना जोशी- सुशान्त प्रधान

पूर्वमिस नेपाल एवं अभिनेत्री मलिना जोशी सुशान्त प्रधानसँग प्रेम सम्बन्धमा छिन् । सुशान्त शारीरिक सुगठन व्यवसायी हुन् । उनीहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरु चाँडै विहे बन्धनमा बाँधिने तयारीमा रहेको स्रोत बताउँछ ।
मलिना यसअघि अभिनेता अनुपविक्रम शाहीसित अफेयरमा थिइन् । उनीहरुले केही फिल्ममा सँगै काम गरेका थिए । अनुपस्थित ब्रेकअपपछि मलिना सुशान्तसँग नजिकिएकी हुन् । सुशान्तसँग घुमघाम गरेका तस्वीर मलिनाले इन्स्टाग्राममा सेयर गर्ने गरेकी छन् ।

पल शाह- समीक्षा अधिकारी

पल र गरिमाको जोडीलाई लिएर अहिले सार्वजनिकरुपमै व्यापक चर्चा छ । यी दुईबीचको सम्बन्धमा आउने कन्ट्रोभर्सी अब नयाँ रहेन । यी दुईजना केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ तर पनि उनीहरूले खुला रूपमा स्विकार भने गरेका छैनन् । गत महिनासम्म यी दुईबीचको सम्बन्धलाई लिएर विवाद सुरु भएपनि अहिले भने सेलाएको छ ।

प्रदिप खड्का- क्रिस्टिना गुरुङ

अभिनेता प्रदीप खड्का र उनकी को-स्टार क्रिस्टिना गुरुङ अफेयरमा रहेको बताइन्छ । यी दुबैजना रिलिज हुने तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ का को–स्टार समेत हुन् । त्यसो त कतिपयले फिल्मको प्रमोसनका लागि उनीहरुले आफैं अफेयरको गसिप चलाएको दावी पनि गरेका छन् ।

राज कट्वाल- वर्षा शिवाकोटी

अभिनेता राज कटवाल र वर्षा शिवाकोटी अहिले प्रेममा छन् । केही वर्षदेखि यी दुईजनाले थालेको डेटिङ बिहेको तयारीसम्म पुगेको बताइन्छ । बीचमा सम्बन्धमा उतारचढाव आएपनि यी दुईबीच अहिले पुनः प्याचअप भएको छ ।

सुष्मा कार्की -अक्षयजंग रायमाझी

मोडल, आइटम डान्सर सुष्मा कार्की यसअघि अनुप्रस्थ ब्यान्डका भोकलिस्ट नरेन शाहीसँग अफेयरमा थिइन् । तर, नरेनसँग ब्रेकअप भएपछि सुष्मा अहिले पूर्वमिस्टर नेपाल अक्षयजंग रायमाझीसँग अफेयरमा छिन् । इन्स्टाग्रामबाटै सुष्माले अक्षयसँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।

आना शर्मा र सुशान्त केसी

नायिका आना शर्मा केही वर्षपहिलेसम्म यति समूहका सोनम शेर्पासँगको प्रेममा थिइन् । सोनमसँगको सम्बन्ध टुंगिएपछि आना र गायक सुशान्त केसी अफेयरमा रहेको खबर छ । यी दुई अहिले अंग्रेजी नयाँवर्ष सन् २०२२ सेलिव्रेसन गर्न मुस्ताङमा थिए । त्यहाँबाटै सुशान्त र आनाले फेसबुक र इन्स्टा स्टोरीमा घुमघामका तस्बिर पनि सेयर गरेका थिए ।

रेमनदास श्रेष्ठ र जेना मुड्रा

अभिनेता एवं टेलिभिजन पर्सनालटी समेत रहेका रेमनदास विदेशी प्रेमिकासँगको

सम्बन्धमा छन् । टिभी रियालिटी सो हिमालय रोडिजनका जज समेत रहेका उनी युवतीमाझ प्रिय पनि छन् ।
रेमनले प्रेमिकाको जन्मदिनको अवसरमा प्रेमिका र आफ्नो तस्बिर पोस्ट गर्दै आफूहरु सँगै हुने वाचासहितको क्याप्सन लेखेका थिए ।

रियाशा दाहाल र भिक्टर पौडेल

मोडल रियाशा दाहाल र लोकप्रिय सामाजिक संजाल पेज रुटिन अफ नेपाल बन्दका संचालक भिक्टर पौडेल केही वर्षदेखि डेट गरिरहेका छन् । टीकटक लगायतका सामाजिक संजालबाटै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिक गरिरहेका छन् । बिहे तयारीमा रहेको यो जोडीले पछिल्लो समय सामाजिक संजालमा चर्चा बटुलिरहेको छ ।

पूजा शर्मा र युद्ध बानियाँ

नायिका पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँगको प्रेममा रहेको बताइन्छ । तर यसपटक उनको नाम जोसँग जोडिएको छ ती युवकको सम्बन्ध फिल्म क्षेत्रसँग छैन । पूजा र युद्ध केही दिनदेखि टक अफ दी टाउन बनेका छन् । यो विषयमा पूजा र युद्ध दुवैले मुख भने खोलेका छैनन् । यी दुईजनाको भेटघाट गत वर्षको फागुनमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो ।
यसबाहेक अभिनेत्री साम्राज्ञी शाह एक ठकुरी थरका एक युवकसँगको रिलेसनसिपमा रहेको बताइएको छ । तर, यी दुईले सम्बधलाई लिएर केही बोलेका छैनन् ।