घरमा पति छँदा छँदै परपुरुषसँग लागेकी यी महिलाले आफ्नो हर्कत लुकाउन खोज्दा प्रेमीसँग मिलेर लिइन् पतिको ज्यान

तुलसीपुर । दाङमा परपुरुषसंग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । परपुरुषसंगको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने अन्दाजी ५४ बर्षिय लप्टेन चौधरीकी हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा श्रीमती ५० बर्षिया उमादेवी चौंधरी र सोहि वडाको मसुरिया बस्ने ५२ बर्षिय हनुमान चांैधरीलाई पक्राउ गरेर अनुसन्धान थालिको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । गत बिहीबार बेलुकी छ बजेतिर राप्ती नदी किनारामा मृत भेटिएका चौधरीको ’मा अनुसन्धान गर्दै जाँदा उनीहरुले योजनाबद्ध तरिकाले हत्या गरी फालेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृतक चौधरीकी श्रीमतीले फागुन १ गते बिहान साढे छ बजे घरबाट काम गर्न जान्छु भनेर गएका श्रीमान सम्पर्कमा बिहीन भएको भन्दै खोजी कार्यका लागि बिहीबार नै प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन ।

सोहि घटनाको अनुसन्धान गर्ने क्रममा श्रीमान श्रीमती विचको सम्बन्ध राम्रो नभएको हुँदा परपुरुषसंग मिलेर श्रीमानको हत्या गरेको खुलेको प्रहरीले बताएको छ । श्रीमतीले हनुमान चौधरीसंग अनैतिक सम्बन्ध राखेको थाहापाएपछि श्रीमानले श्रीमतीलाई कुटपिट गेपछि मार्ने योजना अनुसार हत्या गरिएको प्रहरीले बताएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।