गठवन्धन बचाउन भन्दै सरकारको भत्ता पचाउन यु-र्टन भए माधव नेपाल

काठमाडौं ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारको भत्ता पचाउन युर्टन गरेको छ । एमसीसी संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएको नेकपा एसले अन्तत आफ्नो निर्णय बदलिई गठवन्धन बचाउन एक कदम पछाडि हटेको छ ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकमा एमसीसीलाई संसदमा टेबल गर्न दिने निणर्य गरेका हुन् । गठवन्धन तोडेरै भएपनि एमसीसी पास गर्न लागि परेको प्रधानमन्त्री शेरबहादुर देउवाको अगाडी अध्यक्ष माधव कुमार नेपालले भने घुँडा टेकेका छन् ।

सरकारको भत्ता पचाउन भएपनि गठवन्धन जोगाउनको लागि नेपाल एक कदम पछाडी हटेका हुन् । पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले भने एमसीसी टेबल भए ठुलो दुर्घटना हुने बताएपछि पनि आजको बैठकमा भने नेता खनाल मौन रहे ।

भोली आइतबार बस्ने संसद बैठकमा देउवा एमसीसी टेबल गर्ने तयारीमा लागेका छन् । नेकपा एसको साथ पाएसँगै नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि यस विषयमा केहि लचिलो बनेको बताइएको छ ।