महिला हस्तमैथुन : मिथक र सत्य

मेरो नाम हना हो र म हस्तमैथुन गर्छु। तपाईं गर्नुहुन्छ ? धेरै होइन। यद्यपि महिला हस्तमैथुनका सम्बन्धमा उति धेरै चर्चा हुँदैन। के उनीहरू खुलेर कुरा गर्छन् ?

म २५ वर्षकी भएँ। मलाई याद छ कि पुरुषहरू विद्यालयमा हस्तमैथुनबारे खुलेर कुरा गर्थे। तर, केटीहरू ? स्पष्ट छ उनीहरूलाई यसको लागि स्वतन्त्रता छैन। यदि कुनै केटाले हामी सबैजसो केटीहरूलाई हस्तमैथुनको बारेमा सोधे भने हाम्रो जवाफ हुन्छ, ‘गरेको छैन, यो अश्लील हो।’ हामी हस्तमैथुन गर्नेले पनि जवाफ यस्तै दिने गर्छौं।

जबकि यही प्रश्न कुनै केटालाई सोधियो भने उनले धक नमानी भन्नेछन्, ‘लुकाउने कुरा के छ र ? हस्तमैथुन गर्छु।’ यी जवाफहरूबाट के भेउ मिल्छ भने, महिलामा कामुकता हुँदैन र यस सन्दर्भमा पुरुष अगाडि छन्।

हस्तमैथुन हानिकारक छ ?

जो युवती हस्तमैथुन गर्छन् उनीहरू यस्तो कुरा गर्न लजाउँछन्। तर, पुरुषको हकमा यस्तो छैन। म त्यस्तै किशोरी थिएँ, जोसँग व्यवहारमा यी सबै हुन्छ। म मान्छु, मेरा कुनैपनि महिला साथीहरूले हस्तमैथुन गरेनन्। त्यो उमेरमा त मैले पनि गरिन। म सोच्थे कि यो अश्लील हो, यसले मेरो गुप्तांग विकृत हुनेछ।

म विगतलाई कोट्याउन चाहन्छु। जहाँ हना डराएकी किशोरी हुन् र उनी कोठामा गएर आफैँलाई छुन भनिरहेकी छिन्। तर, यस्तो गर्नका लागि पनि बर्षौंको प्रतीक्षा गर्नुपर्‍यो। २० वर्षको उमेरमा पनि मैले यस्तो गर्न सकिन। त्यसपछि मात्र मैले पहिलो यौन सुख प्राप्त भयो। मलाई लाग्थ्यो कि महिला हस्तमैथुन केही अनौठो किसिमको हुन्छ।

अलग-अलग तरिका

किन हाम्रो शरीर र त्यसका लागि यौन सुख एक आधारभूत आवश्यकता हो भन्ने बुझ्दैनौं। हामीलाई चित्रको माध्यमबाट लिंग र भजाइना देखाइएको थियो। तर, भजाइनाको बारेमा बताइएको थिएन। के अधिकांश मान्छे आफ्नो गुप्तांगको बारेमा नबुझी नै ठूला भएका हुन्छन्।

पोर्नमा केवल यौन उत्तेजना महसुस गर्न सकिन्छ। तर, हामीले बुझ्नुपर्छ कि युवाहरू अलग अलग तरिकाले यौन सुख प्राप्त गर्छन्। युवाहरूले आफ्नो गुप्ताङ्गको बारेमा जान्नुपर्छ। उनीहरूले मूलधारको पोर्नमा अल्झिएर बस्नु हुँदैन। मान्छेमा यौनसँग सम्बन्धित भ्रम, लाज, पछुतो पनि बाँचिरहेको छ।

हस्तमैथुनको बारेमा खुला चर्चा गर्न थालेपछि मैले पाएँ कि, धेरैजसोले किशोरवयमा हस्तमैथुन गरेका थिएनन्। किनभने यो उमेरमा यौनलाई लिएर हामीमा एक किसिमको लाज, ग्लानी हुन्छ। यो कुरा गलत हो भन्ने धारणा गहिरोसँग बसेको हुन्छ। यौनजन्य गतिविधि गर्नु घृणित हो भन्ने बुझ्छन्।

१५ वर्षको उमेरमा मलाई मेरी आमाले हस्तमैथुनको बारेमा बताएकी थिइन्। साथै हस्तमैथुन गर्नु सामान्य र स्वाभाविक हो भन्ने बुझाएकी थिइन्। साथसाथै हस्तमैथुन गरेपछि आफूलाई कसरी सबैभन्दा राम्रो तरिकाले यौन सुख प्राप्त हुन्छ भन्ने ज्ञान हुन्छ। विवाहपछि यौन सुख प्राप्त गर्नका लागि विवाह अघि हस्तमैथुन गर्नु उचित हुने कुरा गरेकी थिइन्।

यतिबेला मेरो जवाफ थियो, ‘आमा मसँग यस्तो कुरा नगर्नुहोला।’ तर, कम्तीमा उनले प्रयास गरे र मलाई अहिले राम्रो लग्यो। महिला हस्तमैथुनका सम्बन्धमा चारैतिर मौनता छ। यो एक हानिकारक मान्यता हो कि, महिला कामुक हुँदैनन्। म यसलाई बकवास भन्छु। महिला पनि कामुक हुन्छन्। महिलामा पनि पुरुषमा जस्तै यौन इच्छा हुन्छ। उनीहरू पनि पुरुषले जस्तै यौन सुख लिन चाहन्छन्।

हामी कहिले काहीँ यस्तो यौन सुख लिन रुचाउँछौं, जहाँ हामी

नितान्त एक्लो हुन्छौं। त्यहाँ कोही नहोस्। यति लामो समयपछि म आफ्नो देहसँग एकदमै सहज छु। म आफैले आफैबाट यौन सुख प्राप्त गर्न सक्छु। म आफ्नो पार्टनरबाट के चाहन्छु ? यस सम्बन्धमा पनि मसँग आत्मविश्वास छ। हरेकको कामुक अलग अलग तरिकाको हुन्छ।

मलाई लाग्छ, हस्तमैथुन सबैभन्दा सहज र सुरक्षित तरिका हो। कुनैपनि किसिमको स्पर्शबाट तपाईं यौन सुख लिन सक्नुहुन्छ। यसले अरूलाई कुनै हानी गर्दैन। अरूलाई असर गर्दैन।

राम्रो निद्रा र तनावमुक्ती

हस्तमैथुनले केही ओखतीको काम पनि गर्छ। यसबाट तपाईंले गहिरो निद्रा प्राप्त गर्न सक्नुहुन्छ। साथै तनावबाट मुक्त पनि रहन सक्नुहुन्छ। अरू औषधिबाट यस्तो कुरा सहजै प्राप्त हुँदैन, जुन हस्तमैथुनबाट हुन्छ। यसका लागि यौन उत्तेजनालाई बुझ्ने कक्षा हुनुपर्छ। हस्तमैथुनले तपाईं र तपाईंको यौन जीवनलाई अरू सशक्त बनाउँछ। -बीबीसीबाट भावानुवाद