अमेरिकी राजदुतलाई पंचा सिंहको काउन्टर” तिम्रो धम्कीले हाम्रो स्वभिमान डग्दैन”

एमसीसी विरोधी आन्दोलन अमेरिकी राजदुतको ‘नोटिस’मा परेको समाचार सार्बजनिक भयपछी त्यसलाई काउन्टर गर्दै अनेरास्ववियू ( क्रान्तिकारी)कि अध्यक्ष पंचा सिंहले ,हामीलाई हाम्रो माटो रास्ट्रियता र सार्वभौम सत्ता भन्दा ठुलो अरु केहि छैन तिम्रो धम्कीले हाम्रो स्वभिमान डग्दैन”सामाजिक संजालमा लेखेकी छन् |

नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो।

शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए। एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि अमेरिकाले सचेत गराएको हो। नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने बताएका छन्।

उनले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भनेका छन्। तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने जनाएका छन्।

सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनसहित विभिन्न साना कम्युनिस्ट घटकहरुले विरोध प्रदर्शन गरेका हुन् ।

 

एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन : अमेरिका

अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो ।

एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो । अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिंसा भड्काउने विचार स्वीकार्य रहेको बताएको हो ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।