एमसीसीका लागि केपी ओलीलाई फकाउँदै बाबुराम भट्टराई !

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । एक अनलाइनमा अन्तर्वार्ता दिँदै उनले अध्यक्ष ओली बोलीमा पक्का भएको बताएका हुन् ।

भट्टराईले भने, ‘ओलीजीको मन पर्ने कुरा उहाँले आँटेपछि गर्नुहुन्छ, दोहोरो कुरा गर्नुहुन्न, हुन्छ भने हुन्छ, हुन्न भने हुन्न, उहाँ बोलीको पक्का हुनुहुन्छ ।’

कुनै समय ओलीलाई भष्मासुर उपनाम दिएर विरोधमा उत्रिएका बाबुरामले एमसीसी पासको लागि ओलीलाई फकाइरहेका छन् । ओलीले संसद विघटन गर्दा सबैभन्दा बढी विरोध गर्ने नेता बाबुराम नै हुन् । उनलाई प्रधानमन्त्रीको पदबाट हटाउन प्रमुख भूमिका खेलेका उनले एकाएक प्रशंसामा उत्रनुलाई आश्चर्यजनक रूपमा लिइएको छ ।

बाबुरामले भनेका छन्, ‘ओलीजीको मन पर्ने कुरा उहाँले आँटेपछि गर्नुहुन्छ, दोहोरो कुरा गर्नुहुन्न, हुन्छ भने हुन्छ, हुन्न भने हुन्न, उहाँ बोलीको पक्का हुनुहुन्छ ।’

नेताहरुको बोली फेरिनु कुनै नयाँ कुरा नभएपनि उनको यो ओलीप्रतिको लगावले थप राजनीतिक तरंग फैलिने आशंका गरिएको छ ।  एमसीसी यथाशीघ्र संसदमा पेश गर्न नहुने भन्दै सत्तामा सहभागी कांग्रेस र जसपाका बाबुरामबाहेक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालसहितका नेताहरु विपक्षमा रहेका छन् ।

एमसीसीका बारेमा सधैं सकारात्मक सन्देश फैलाउँदै आएका भट्टराई यसलाई संसदमा चाँडो पेश गर्ने पक्षमा छन् । त्यसकै कारण उनी ओलीलाई फकाएर एमसीसी संसदमा टेबुल होस् भन्ने चाहन्छन् ।

सत्ता विपक्षमा रहेका ओलीप्रति सकारात्मक देखिएका उनले भने सत्तामा सहभागी प्रचण्डलाई ढुलमुले व्यवहार भएको आरोप लगाए । उनले प्रचण्ड आफ्नो फाइदा जता हुन्छ उतै जाने नेता भएको दाबी गरे । पछिल्लो समय प्रचण्डले एमसीसीप्रति देखाएको व्यवहारले देश संकटमा पर्ने उनको भनाइ छ ।